लोक सेवा आयोगको सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित


  • लोक सेवा आयोगको सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । कात्तिक १६ गतेदेखि सञ्चालन हुने भनिएको लोकसेवा आयोगको सबै परिक्षा स्थगित भएको छ । आयोगले सोमबार एक सुचना निकालेर सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।
    सुचनामा परीक्षामा सहभागी हुने उम्मेदवारमा उत्पन्न भएको डर तथा आयोगका कर्मचारीहरुमा समेत कोरोनाभाइरसबाट संक्रमित भई परिक्षासँग सम्बन्धित मूख्य शाखाहरु समेत बन्द गर्नुपर्ने भएकाले र कर्मचारी आइसोलेसमा रहेकाले तत्काल परिक्षा सञ्चालन गर्न कठिनाई भएकाले निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थातर्फका सबै परीक्षा स्थगित गरिएको बताइएको छ । त्यस्तै सुचनामा आयोगका सबै परिक्षाहरु कात्तिक ३ गतेको निर्णयबमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइएको छ । lokse.jpg

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *