सितारामको ‘मनको मैलो’मा रिमा (भिडियो)

सितारामको 'मनको मैलो'मा रिमा (भिडियो)

राम सापकोटा /काठमाडौं : दुई सय बढी गीतमा स्वर दिईसकेका वरिष्ट गायक तथा गीतकार सिताराम पोख्रेलको नयाँ गीत मनको मैलो मेटिदेउ….. बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

विशुद्ध पारिवारिक साथै मर्म स्पर्शी कथालाई समेटिएको यो गीतमा नेपाली चलचित्र उध्योगकी चर्चित नायिका रिमा विश्वकर्मा र गायक पोख्रेल लिड भुमिकामा देखिएका छन । आयुसी ढकाल वाल कलाकारको भुमिकामा देखिएको यो गीतमा वेली डान्सर हेमा श्रेष्ठको गज्जवको अभिनय हेर्न सकिन्छ ।

व्यापार व्यावसायका कारण विदेशिने सितारामलाई रिमाले घरमै बस्न र विदेश नजान आग्रह गर्छिन । तर व्यापारका कारण विदेश जानैपर्ने जिकिर रिमा सामु गर्छन । यही कुराले रिमा रिसाउँछिन अनी सितारामले रिमालाई फकाउदै गीत गाएको कथालाई भिडियोमा देखाइएको छ ।

अब्बल मोडलिङ समेत गर्ने गायक पोख्रेलले दुई दर्जन वढी म्युजिक भिडियो समेत निर्माण गरिसकेका छन ।

पहिलो पहिलो माया……, हे दैव किन आफ्नो छाया आफैसंग छैन……, आखाको नानी हौ तिमी, तिम्रो अल्कोहोलिक लभ….., स्वार्थ तिम्रो नभरुन्जेल…. लगायत चर्चित गितहरुको भिडियोमा मिस नेपाल रुबी राणा देखी चलचित्र उद्योगकी चर्चित नायिका निशा अधिकारी, प्रियंका कार्की, सुमिना घिमिरे लगायतलाई अभिनय गराएर चर्चा कमाइसकेका छन ।

कोरोना महामारीका कारण ठप्प रहेको सांगेतिक क्षेत्रमा दर्शक स्रोताको लागी नयाँ गीत सार्वजनिक गरेका गायक पोख्रेलले गीतको अडियो संगै भिडियो पनी आकर्षक र उत्कृष्ट बनेको वताउछन ।

हेमन्त खतिवडाको शब्द, गायक पोख्रेलको स्वर रहेको गीतमा संजय हमालको संगित सुन्न सकिन्छ । समन अधिकारीले निर्देशन गरेको भिडियोलाई ओएसआर डिजिटलको अफिसियल युटुब च्यानलबाट आज सोमवार रिलिज गरिएको हो । हेर्नुस् भिडियो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *