बलिउड अभिनेता शाहरुख खानद्वारा हजार थान पीपीई किट सहयोग


  • बलिउड अभिनेता शाहरुख खानद्वारा हजार थान पीपीई किट सहयोग

    काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले छत्तीसगढका कोरोनासँग लडिरहेका फ्रन्टलाइन योद्धाहरुलाई दुई हजार थान पीपीई (पर्सनल प्रोटेक्टिभ इक्‍विपमेन्ट) किट प्रदान गरेका छन् । शाहरुखले पीपीई किट उनको परोपकारी संस्था ‘मीर फाउन्‍डेसन’ मार्फत प्रदान गरेका हुन् । उक्त फाउन्डेसनले एसिड सर्भाइभरहरुका लागि काम गर्छ । छत्तीसगढका क्याबिनेट मन्त्री टी.एस. सिंह देवले ट्‌विट गर्दै शाहरुखप्रति आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्, “हाम्रो फ्रन्टलाइन वारियरहरुको सुरक्षाका लागि पीपीई प्रदान गरिदिनुभएकामा, म शाहरुख र मीर फाउन्डेसनप्रति हार्दिक आभार व्यक्त गर्दछु । मन्त्री सिंह देवको ट्‌विटको जवाफमा अभिनेता खान लेख्‍छन्, “सर, हामी सबैजना हाम्रो भाइबहिनीहरुलाई यो कठिन समयबाट पार लगाउन हरप्रयास गरिरहेका छौं । यी प्रयासहरुका साथ तपाईंलाई शुभकामना ।”

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *