नवलपरासीमा धारिलो हतियार प्रयोग गरी पुजारीको हत्या


  • नवलपरासीमा धारिलो हतियार प्रयोग गरी पुजारीको हत्या
  • नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव आज फेला परेको हो । केवट स्थानीय मन्दिरका पुजारी थिए । उनको आफ्नै कुटी नजीकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । रासस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *