मुम्बईमा एक विलासी फ्ल्याट किन्दै ऋतिक


  • मुम्बईमा एक विलासी फ्ल्याट किन्दै ऋतिक

    काठमाण्बडौ । वलिउड अभिनेता ऋतिक रोशन आफ्नो उत्कृष्ट अभिनय र नृत्यका लागि परिचित छन्। गत वर्ष रिलिज भएको उनको फिल्म ‘वार’ले बक्स अफिसमा धमकेदार कमाइ गरेको थियो।   कोरोनाको महामारीसँगै परिवारसँग समय बिताइरहेका ऋतिकले हालै मुम्बईमा एक विलासी घर किनेको समाचार बाहिरिएको छ। मिडिया रिपोर्टका अनुसार ऋतिकले विगत लामो समयदेखि एउटा घर किन्ने योजना बनाइरहेका थिए। हालै आएर उनलाई आफूले खोजेजस्तो घर मिलेको छ। त्यस घर किन्नका लागि उनले लागि ठूलो लगानी समेत गरेका छन्।   ऋतिकले सपनाको शहर मुम्बईमा दुई वटा फ्ल्याट किनेका छन्। जुहू–वर्सोवा लिंक रोडको मन्नत अपार्टमेन्टको १४, १५ र १६ औँ तल्लामा ती फ्ल्याट अवस्थित छन्। ती फ्ल्याटबाट समुन्द्रलाई नजिकबाट हेर्न सकिने बताइएको छ।   यी फ्ल्याटहरू, ३८ वर्ग फिटमा निर्मित धेरै विलासी खालका छन्। यसका साथै फ्ल्याटसँगै ६५ सय स्क्वारफिटको छत समेत रहेको छ। यसका लागि ऋतिकले करिब ९७.५० करोड भारु तिर्ने भएका छन्। उनले अहिलेसम्म ६७.५ करोड तिरिसकेको बताइएको छ। ऋतिक चाँडै नै आफ्नो परिवार साथ यी फ्ल्याटमा सर्ने तयारी गरिरहेका छन्। हाल उनी जुहू क्षेत्रमा अक्षय कुमारको छिमेकमा बस्छन्।   ऋतिक हाल आफ्नो फिल्म ‘क्रिस ४’ को तयारीमा छन्। त्यसका लागि उनले दिनरात कडा मेहनत गरिरहेका छन्। यसका सार्थै उनी अहिले स्क्रिप्टमा दैनिक छलफल मा पनि व्यस्त छन्। यसको तयारी अझै महिनौँ लाग्ने बताइएको छ। - नेपालखवर

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *