दशैंमा सामाजिक दूरी पालना गर्न नसक्दा कोरोनाको परिणाम भयावह हुन सक्ने


  • दशैंमा सामाजिक दूरी पालना गर्न नसक्दा कोरोनाको परिणाम भयावह हुन सक्ने

    काठमाडौं । आज विजयादशमीको तेस्रो दिन । आफन्त र नातागोताकहाँ दशैंको टीका थाप्ने क्रम जारी छ । आज (बुधबार) देखि बंैक तथा वित्तीय संस्था र सरकारी कार्यालय खुले पनि टीकाको रमझम रोकिएको छैन । जसका कारण नेपाली जनता अझै फेस्टिभ मुडमै छन् ।
    दशैंको बेला भएकाले स्वास्थ्य मन्त्रालयले पाँच दिनसम्म कोरोना संक्रमित र मृत्युको अपडेट रोकेको छ । सम्भवतः आजदेखि कोरोना अपडेट सुरु हुनेछ । दशैंमा सबैजना व्यस्त भएकाले यसपटक कोरोना भाइरसबारे मानिसले धेरै चासो राखेको देखिएको छैन । सावधानी र सुरक्षा सतर्कता नअपनाउँदा अबको तीन चार दिनमा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न सक्ने स्वास्थ्य विज्ञहरूले बताउन थालेका छन् । यसपटक धेरै मानिस आ–आफ्नो घरपरिवारबाहेक अन्यत्र दशैंको टीका लगाउन नगए पनि सामाजिक दूरी भने फिटिक्कै कायम गरेको देखिएन । आफ्नो परिवार र आफन्तलाई कोरोना भाइरसले संक्रमण नगरेको ठम्याइँ धेरैमा देखिएको पाइयो । जसले गर्दा दशैं सकिएलगत्तै कोरोनाको संक्रमण दर बढ्नसक्छ भन्ने विज्ञहरुको सुझावको मनन गर्नु आवश्यक छ । एक त जाडो मौसम अर्को दशैंमा सामाजिक दूरी पालना गर्न नसक्दाको परिणाम भयावह हुन सक्ने बताइन्छ । पछिल्लो समय नेपालमा दैनिक चार हजारभन्दा माथि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मृत्यु दर पनि बढिरहेको छ । तर त्यस अनुपातमा निको हुने दर नबढेकाले नेपाल अहिले सबैभन्दा धेरै कोरोना भाइरस प्रभावित देशको सूचीको ३४ नम्बरमा आइपुगेको छ । नेपालमा जाडोयाम सुरु भएको र यही बेला दशैं, तिहार र छठ पर्व पर्ने भएकाले नेपालबाट अझै दुई चार महिना कोरोना भाइरस हट्ने स्थिति देखिन्न ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *