बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?


  • बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ ।  सोमबार स्थिर रहेको सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले  बढेको हो ।
    सोमबार प्रतितोला ९५  हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *