चलचित्र ‘छक्का पन्जा’ समुहबाट जितु नेपाल बाहिरिए


  • चलचित्र 'छक्का पन्जा' समुहबाट जितु नेपाल बाहिरिए

    काठमाडौं : हिट चलचित्र श्रृंखला ‘छक्का पन्जा’ समुहबाट कलाकार जितु नेपाल अलग भएका छन् । दशैँ अघि चलचित्र ‘छ माया छपक्कै’ टिमको भेटघाटसँगै यो कुरा बाहिरिएको हो । उक्त भेटघाटमा जितु भने उपस्थित थिएनन् । सोही भेटघाटसँगै ‘छक्का पन्जा’ टिमले अनौपचारिकरुपमा ‘छ माया छपक्कै २ ‘ निर्माण गर्ने घोषणा गरिसकेको छ । तर कलाकारहरु को को हुन्छन् या हुँदैनन् भन्ने बिषयमा केहि खुलाएका छैन । छक्का पन्जा टिमसँग अलग भएको बिषयमा भने जितु नेपाल आफुलाई यसबारेमा जानकार नभएको बताउछन् । उनी भन्छन् ‘ अनुमानको भरमा आएको खबर हो । यो समयमा दिपक दाई र दिपा दिदीसँग मेरो भेटघाट र टिममा केही कुरा भएको छैन ।’ त्यस्तै मुन्द्रेको कमेडी क्लबको छायांकनको कारण पनि टिमसङ्गग कुरा हुन नपाएको उनी बताउछन् । चलचित्र ‘छ एकान छ’ बाट जितुसँगै दिपकराज गिरी, दिपाश्री निरौला, केदार प्रसाद घिमिरे (माग्ने बुढा), सिताराम कट्टेल- कुन्जाना घिमिरे (धुर्मुस- सुन्तली), शिवहरी पौडेल लगायतका हास्यकलाकारहरुको टिमले सहकार्य गर्दै आएका थिए । तर पछिल्लो समय एक पछि अर्को कलाकार गर्दै ‘छक्का पन्जा’ टिमबाट अलग भइरहेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *