चर्चित बलिउड अभिनेत्री टमन्ना बस्छिन् महंगो महलमा


  • चर्चित बलिउड अभिनेत्री टमन्ना बस्छिन् महंगो महलमा

    काठमाडौं - बलिउड तथा साउथ फिल्मकी चर्चित अभिनेत्री हुन् तमन्ना भाटिया ।  १५ वर्षको उमेरमा बलिउड फिल्म ‘चाँद सा रोशन चेहेरा’बाट फिल्मी करियर शुरु गरेकी तमन्नाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् ।
    तेलुगु फिल्म क्षेत्रमा फिल्म ुश्रीुबाट अभिनय शुरु गरेकी उनले फिल्म बाहुबलीबाट चर्चामा आइन् । उनी आफ्नो नयाँ अपार्टमेन्टका कारण पनि चर्चामा आउने गर्छिन् । tamanna.jpg उनले किनेको महँगो अपार्टमेन्ट निकै सानदार छ । हाल बस्दै आएको मुम्बईको बर्सोवामा  ‘सी भ्यु अपार्टमेन्ट’ मा उनले १६ करोड भारतीय रुपैया खर्च गरेकी छिन् । उनले पुणनिर्माणको लागी मात्र ४ दशमलब ५६ करोड भारु खर्च गरेको भारतिय मिडियामा बताइएको छ । उनको अपार्टमेन्टको वरीपरि समुन्द्रको रमाइलो देख्न सकिन्छ । उनले अपार्टमेन्टलाई दुई गुणा बढी मूल्य तिरेर किनेकी हुन् । अब तमन्ना बलिउड फिल्म ुबोले चुडियाु मा देखिने बताइएको छ । । यस फिल्ममा नवाजुद्दीन सिद्दीकी र कबीर दुहान सिंह पनि मुख्य भूमिकामा रहेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *