मोरङमा कोरोना संक्रमणबाट दाजुभाईको ज्यान गयो


  • मोरङमा कोरोना संक्रमणबाट दाजुभाईको ज्यान गयो
  • काठमाडौं - मोरङमा कोरोनाभाइरसको संक्रमणबाट दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी गाउँपालिका –३ का ५९ वर्षीय दाजु  र उनको ५७ वर्षीय भाइ रहेका छन् ।
    उनीहरुको कोरोना संक्रमणबाट ६ दिनको अन्तरमा मृत्यु भएको हो । कोरोना संक्रमित भएका दाजुको आइतबार र भाईको कात्तिक १८ गते मृत्यु भएको जनाइएको छ । कात्तिक ७ गते कोरोनाभाइरसको संक्रमण देखिएका दाजुको विराट मेडिकल कलेजमा उपचार भइरहेको थियो । उनको उक्त अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । त्यस्तै भाईलाई कात्तिक ५ गते कोरोना संक्रमण देखिएको थियो । उनको  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *