प्रधानमन्त्रीमाथि संकट ल्याउनेहरुलाई गोकुल बाँस्कोटाको चुनौति


  • प्रधानमन्त्रीमाथि संकट ल्याउनेहरुलाई गोकुल बाँस्कोटाको चुनौति
  • काठमाडौँ - पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संकट ल्याउनेहरुलाई चुनौति दिएका छन् ।
    मंगलबार सामाजिक सञ्जालमा व्यंग्यात्मक ट्वीट गर्दै प्रधानमन्त्रीका विश्वाशिला पात्रसमेत मानिने बाँस्कोटाले दुईसाताभित्र प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । ओलीमाथि पार्टीले कारबाही गर्न लागेको विषय बाहिरिएपछि बाँस्कोटाले यस्तो व्यंग्यात्मक ट्वीट गरेका हुन् । उनले प्रधानमन्त्री ओलीमाथि कारबाही हुने कुरो पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको पनि बताएका छन्। ट्वीटमा उनले भनेका छन् - 'जीम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे१ भर्खरै सुनाए।पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब।' पार्टी निर्णय विपरित एकलौटी रुपमा चलेको भन्दै ओलीसँग कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहितका सचिवालय सदस्य अहिले असन्तुष्ट छन् । ओलीलाई पार्टीको बैठक बोलाउन दिएको ४८ घण्टे अल्टिमेटम पनि सोमबार सकिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *