मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक


  • मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक
  • काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ ।
    उनको व्यक्तिगत ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक पेज र मुख्यमन्त्री सञ्चार सचिवालयको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ फेसबुक पेज शुक्रबार एकैपटक ह्याक भएको हो । fb lala.PNG ह्याक गरिएका दुवै पेजको कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको देखिन्छ । व्यक्तिगत पेजमा प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको भनेसचिवालयको फेसबुकमा चाइनिज भाषाको प्रयोग गर्दै युवतीको फोटो राखिएको देखिन्छ । fb lal.PNG शुक्रबार बिहान फेसबुक पेज ह्याक भएको विषयमा अनुसन्धान भइरहेको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *