बलिउडमा डेब्यु गर्दै आमिर खानका छोरा जुनैद, हिरोइन भूमिकामा शालिनी


  • बलिउडमा डेब्यु गर्दै आमिर खानका छोरा जुनैद, हिरोइन भूमिकामा शालिनी
  • काठमाडौं - बलिउडका चर्चित अभिनेता आमिर खानका छोरा जुनैद खानले बलिउडमा डेब्यु गर्न लागेका छन् ।
    भारतिय मिडियाका अनुसार जुनैदले यशराज फिल्म्सले निर्माण गर्न लागेको फिल्ममा डेब्यू गर्न लागेको बताइएको छ । यस फिल्ममा हिरोइनको भूमिका तेलुगु सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’ फिल्मकी अभिनेत्री शालिनी पाण्डेले निभाउने बताइएको छ । फिल्मको लागि शालिनी पाण्डेले हस्ताक्षर गरेको जनाइएको छ । जुनैदले पनि यस फिल्ममार्फत बलिउडमा अभिनय गर्ने अपेक्षा गरिएको छ। यस फिल्मलाई सिद्धार्थ मलहोत्राले निर्देशन गर्नेछन् । फिल्ममा जुनैद र शालिनी बाहेक 'बन्टी और बबली २' मा अभिनय गरेका शरवारी वाघ पनि हुनेछन्। फिल्मको सुटिङ २०२१ मा सुरु हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *