सत्य-स्वरुपको ‘मैसाब’ टिकटकमा भाइरल बन्दै(भिडियो)


  • सत्य-स्वरुपको 'मैसाब' टिकटकमा भाइरल  बन्दै(भिडियो)
  • काठमाडौं । गायकद्वय दाजुभाइ सत्यराज आचार्य र स्वरुपराज आचार्यको ‘मैसाब’ सामाजिक सञ्जालमा छाउन थालेको छ । यही मंसिर ११ गते युट्युबमार्फत सार्वजनिक गरिएको सत्य–स्वरुपको स्वरमा रहेको ‘मैसाब’ बोलको गजल केही दिनयता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा भाइरल बन्न थालेको छ ।
    सार्वजनिकको सुरुवाती दिनमा सांगीतिक क्षेत्रहरुबीच चर्चामा रहेका मैसाब केही दिनयता टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सांगीतिक बजारमा चर्चामा रहेको मैसाब अब दर्शक र स्रोताको मन पनि जित्न थालेको हो । सत्य–स्वरुपको संगीत रहेको सो गजलमा अमृत खतिवडा भान्जाभाइ र सत्य–स्वरुपकै शब्द सृजना रहेको छ । नायक पल शाहलाई दोहोरो भूमिका देखाइएको मैसाबको भिडिओ राजकीय शैलीमा निर्माण गरिएको छ । कविराज गहतराजको निर्देशनमा बनेको यो भिडिओमा पल शाहलाई साथ दिएकी छन्, मोडल छुकिला शेर्पाले । २४ घन्टा लगाएर होटेल याक एन्ड यतीमा छायांकन गरिएको भिडिओ जति आकर्षक छ, त्यत्ति नै शब्द र संगीतले दर्शक र स्रोताको मन जितिरहेको हो । गीतमा रहेको ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो, लौन नि के अचम्मको पारा चलाइस्यो’ मतला अहिले दर्शक र स्रोताको ओठ ओठमा गुञ्जिन थालेको छ । हरेक उमेर समूहकाले मैसाबको टिकटक भिडिओ बनाएको देखिन्छ । यस्तै चर्चित कलाकारहरुले पनि मैसाबको भिडिओ बनाएका छन् । नायक कृष्ण मल्ल, नायिका शर्मिला मल्लदेखि करिष्मा मानन्धर, किरण केसी, दीपाश्री निरौला, सुरवीर पण्डित, बुद्धि तामाङ, विष्णु सापकोटा, उमेश राई (फुलेन्देकी आमा)लगायतका चर्चित कलाकारहरुले मैसाबको टिकटक भिडिओ बनाएका छन् ।
     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *