राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी


  • राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश जारी गरेकी छन्। राष्ट्रपतिको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति  भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा  ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी हुन्।
    उनले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मंगलबार बिहान गणपुरक संख्या नपुगेपछि स्थगित भएको संवैधानिक परिषद्‍ बैठक आज बेलुका ५ बजेका लागि डाकिएको छ । m.jpg

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *