सभामुख सापकोटाको मुद्दाको सुनुवाइ फेरी सर्यो


  • सभामुख सापकोटाको मुद्दाको सुनुवाइ फेरी सर्यो
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मुद्दाको सुनुवाइ नभ्याइने भन्दै सर्वोच्चले सारेको छ । यसअघि सभामुख सापकोटाको मुद्दा अन्तिम पटक २०७६ फागुन ३० गते पेसीमा चढेको थियो। उक्त दिनमा हेर्न नभ्याउने भन्दै मुद्दाको सुनुवाई सरेको थियो।   सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, शुसिल प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाईको पेशीमा चढेको हो। हालसम्म यो मुद्दा १९ पटकसम्म सुनुवाईको पेशी तोकिएको छ ।   २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएकोसहित तीन थान मुद्दा रहेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *