तरकारी र चिया बेच्ने युवायुवती बीचको प्रेमकथा “गुड्डु लभ यू” बजारमा (भिडियो)


  • तरकारी र चिया बेच्ने युवायुवती बीचको प्रेमकथा "गुड्डु लभ यू" बजारमा (भिडियो)
  • काठमाडौं : लोकप्रिय मेलोडियस गायक प्रताप दासको प्रस्तुतिमा नयाँ गीत रिलिज भएको छ। केही दिन अघि रिलिज भएको "गुड्डु लभ यू" बोलको गीतमा प्रताप दास र रचना रिमालको सुमधुर आवाज रहेको छ। गीतमा देबेन्द्र बब्लुको संगीत रहेको छ ।भने, लामो समयदेखि म्युजिक भिडियो सम्पादन समेत गर्दै आएका सम्पादक प्रबिन भट्टको प्रेमिल शब्दहरु गीतमा रहेका छन् । गीतको अडियो एकदमै मेलोडियस छ। गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा प्रतीक उप्रेती र प्रतिभा सेन फिचर्ड छन् । तरकारी बेच्ने एक सामान्य युवक र चिया बेच्ने युवती बीचको प्रेमकथालाई भिडियोमा कलात्मक शैलीमा देखाइएको छ। प्रतीक र प्रतिभाको केमिस्ट्री भिडियोमा गजब देखिएको छ। भिडियोमा कन्सेप्ट र निर्देशन सागर बाबू भट्टको रहेको छ। यस् भन्दा अघि "छोटो छ जिन्दगी" र "फोटो फिरिममा"को म्युजिक भिडियो निर्देशन गरिसकेका उनले यो भिडियोमा पनि कथाबस्तुलाई फरक शैलीमा देखाएका छन् । नवराज उप्रेतीले आकर्षक फ्रेममा खिचेको भिडियोलाई प्रबिन स्वयंले नै सम्पादन गरेका छन् । भिडियो प्रताप दासको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो.. https://youtu.be/1OkxEC62hVM

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *