![](https://www.ekantipurtimes.com/wp-content/uploads/2020/12/bigyapti-20122020114840-1000x0-1.jpg)
संसद विघटनसंगै प्रचण्ड र नेपाल निकट ७ मन्त्रीहरुले दिए सामुहिक राजिनामा
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/09/maruti-cement.gif)
![संसद विघटनसंगै प्रचण्ड र नेपाल निकट ७ मन्त्रीहरुले दिए सामुहिक राजिनामा](https://www.sauryapatra.com/wp-content/uploads/2020/12/rajinama-minister-150x150-1.jpg)
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/07/tata-tiago.jpg)
काठमाण्डौं ।
संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।
![](https://www.ekantipurtimes.com/wp-content/uploads/2020/12/bigyapti-20122020114840-1000x0-1.jpg)