ओली पक्षका सांसदहरु वालुवाटारमा


  • ओली पक्षका सांसदहरु वालुवाटारमा
  • काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका सांसदहरुसँग छलफल गरेका छन् ।   सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री अ‍ोलीले विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल जारी रहेकाे उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।   छलफलका क्रममा प्रधानमन्त्री अ‍ोलीले पार्टी फूटको संघारमा रहेकाले तयारी अवस्थामा रहन सांसदहरुलाई निर्देशन दिन सक्ने एक सांसदले जानकारी दिए । संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्नेछन् ।   छलफलमा पूर्वमाओवादीबाट मन्त्री बनेका लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा (बादल)भने बैठकमा सहभागी छैनन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *