कांग्रेसको सर्वदलीय बैठक आज सांझ ४ बजे


  • कांग्रेसको सर्वदलीय बैठक आज सांझ ४ बजे
  • काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।पार्टी सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। ‘आज सर्वदलीय बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्छ,’ मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।   । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ। आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेका थिए। आइतबार नै कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरू छलफल गरेका थिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *