मुकुन्दको ‘लप्पन छप्पन २’ महाशिवरात्रीमा आउदै


  • मुकुन्दको ‘लप्पन छप्पन २' महाशिवरात्रीमा आउदै
  • काठमाडौं । शिवरात्रीको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लप्पन छप्पन २' को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।मुकुन्द भट्टको निर्माण र निर्देशन रहेको चलचित्र आगामी फागुन २७ गते प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । खिलेन्द्रराज तिमिलसेनाको प्रस्तुती रहेको चलचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।   पुरुषोत्तम प्रधानको खिचेको चलचित्रमा शम्भुजित बास्कोटा, दीपक आर्जेको संगीत, हिमाल के.सी. को द्वन्द्व निर्देशन रहेको छ ।  ‘लप्पन छप्पन २’ बाट शक्ति श्रेष्ठ, सुपर गुरुङ, आना ढकाल, सृजना सिना र रन्जीत वन्तलगायतले डेब्यु गर्दैछन । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेलको समेत लगानी छ । चलचित्रले व्यावसायिक रुपमा सफलता पाउनेमा ढुक्क रहेको निर्माण पक्षले बताउछन ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *