अमेरिकामा धर्मेन्द्रलाई लाइफटाइम अवार्डवाट सम्मान


  • अमेरिकामा धर्मेन्द्रलाई लाइफटाइम अवार्डवाट सम्मान
  • मुम्बई । बलिउडका हि-म्यान उपमा पाएका दिग्गज कलाकार धर्मेन्द्रलाई अमेरिकाले सम्मान गरेको छ । अमेरिकाको न्युजर्सीका सिनेट र जनरल एसेम्बलीले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने निर्णय लिएको हो ।   हिन्दी चलचित्रमा प्रदान गरिएको अतुलनीय योगदानका लागि उनलाई यो अवार्ड प्रदान गरिएको हो । अभिनेता धर्मेन्द्रले अभिनयको ६ दशकको करियरमा ३०० भन्दा पनि बढी चलचित्रमा काम गरेका छन् ।   यस अवार्डबाट सम्मानित भएकामा खुसी व्यक्त गर्दै उनी भन्छन्, “यो सम्मान पाएर म निकै खुसी र गर्व महसुस गरिरहेको छु ।” यो अवार्ड उनलाई हालै जुम एपमार्फत आयोजित कार्यक्रममा प्रदान गरिएको हो ।   न्युजर्सीको सिनेटमै कार्यक्रम आयोजना गरेर उनलाई सम्मान गर्ने योजना कोरोना महामारीले अनलाइनमा सीमित गरेको हो । धर्मेन्द्रलाई यस अवार्डबाट सम्मानित गरेकामा भारतमा अवस्थित न्युयोर्क काउन्सिल जनरलका राजदूत रणधीर जायसवालले अमेरिकालाई धन्यवाद दिएका छन् । उनले भने, “यो धर्मेन्द्र र उनका परिवारका लागि मात्रै नभई सम्पूर्ण भारतका लागि गर्वको अवसर हो ।”-नवभारत टाइम्स

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *