ताप्लेजुङमा डढेलो वड्दै, स्थानीय त्रसित


  • ताप्लेजुङमा डढेलो वड्दै, स्थानीय त्रसित
  • काठमाण्डाै । हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएपछि ताप्लेजुङकाे पाथीभरा मन्दिर तत्कालका लागि सुरक्षित भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए।   हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेकाे र तत्कालका लागि मन्दिरको जोखिम हटेको प्रजिअ चापागाईँले बताए । तर आसपास रहेको जङ्गलको ठूलो क्षेत्रमा आगलागी भइरहेकोले निभाउन कठिन भएको उनले बताए ।   आज (मङ्गलबार) पनि हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रण गर्ने उनले बताए । स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेको भए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।   शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि हिजो (साेमबार) बिहान एक्कासी फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । रातको समयमा डढेलो केही कम भए पनि बिहान हावा चल्न थालेपछि फैलने गरेको प्रजिअ चापागाईँकाे भनाइ छ ।   डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने त्यहाँ रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइने गरेको छ ।   आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ । फुङलिङ नगरपालिका–११ को पाथीभरा सिम्बु सामुदायिक बनबाट बिहीबारदेखि सुरु भएको आगो कसरी फैलियाे भन्नेबारे खुलेकाे छैन । उज्यालो

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *