मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर रिट न्यायाधीश रेग्मीको इजलासमा


  • मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर रिट न्यायाधीश रेग्मीको इजलासमा
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर रिटहरु न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको छ।   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले दोस्रो दिन रेग्मीको एकल इजलासमा पेशी तोकेका हुन्। बुधबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा पेशी थियो। उक्त दिन हेर्न नभ्याउने भएपछि बिहीबारका लागि पेशी तोकिएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,लोकेन्द्र ओलीसहितको रिट सुनुवाइ हुँदैछ।   प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि गत शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दै ९ मन्त्री थपेका थिए। यसअघि राजीनामा दिएका पाँच मन्त्रीहरुको स्थानमा उनले पूर्वमाओवादीनिकट केही व्यक्तिहरुलाई जिम्मेवारी दिएका थिए। लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ गराउँदै नियुक्त गरेकी थिइन्।   निर्वाचन घोषणा गरेको र प्रतिनिधि सभा सदस्य नभएको अवस्थामा प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने कानुनविदहरुले बताउँदै आएका छन्। तर ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको र पदबाट राजीनामा नदिएकाले मिल्ने जिकिर गर्दै विस्तार गरेका थिए।   हालसम्म राष्ट्रपति कार्यालयले पनि कामचलाउ भएको पत्र नदिएको भन्दै उनले आफूलाई पूर्णकालीन प्रधानमन्त्रीको रुपमा पेश गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *