सशस्त्रमा ६ एसएसपी डिआइजी बढुवामा सिफारिस, पहिलो नम्वरमा गिरी


  • सशस्त्रमा ६ एसएसपी डिआइजी बढुवामा सिफारिस, पहिलो नम्वरमा गिरी
  • काठमाण्डौं । सशस्त्र प्रहरी बलका ६ जना एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ । बिहीबार बसेको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेको हो ।     तिव्र प्रतिस्पर्धा भएको यो बढुवामा कमल गिरीले बाजी मारेका छन् । उनी पहिलो नम्बरमा सिफारिस भएका छन् । एसएसपीमा पहिलो नम्बरमा रहेका अभि खत्री तेस्रो नम्बरमा पुगेका छन् भने विवादास्पद गतिविधिमा संलग्न गणेश ठाडा मगर दोस्रो नम्बरमा परेका छन् ।   कुल बहादुर नेम्बाङ चौथो, दुर्गा प्रसाद भट्टराई पाँचौ र शम्भु सुवेदी छैंठौं नम्बरमा सिफारिस भएका छन् । सशस्त्रमा डिआईजीका सात दरबन्दी रिक्त रहेकोमा ६ जनाले मात्र बढुवाका लागि फर्म भरेको थिए । उनीहरुमध्ये एक अबको तीन वर्षपछि महानिरीक्षक बन्ने सम्भावना छ । दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *