राष्ट्रलाई स्थीर राख्न राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्नुपर्छ: अध्यक्ष राणा


  • राष्ट्रलाई स्थीर राख्न राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्नुपर्छ: अध्यक्ष राणा
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले प्रजातन्त्र जोगाउन, राष्ट्रलाई स्थीर राख्न राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।   “जनताका चाहना र राष्ट्रको आवश्यकता बमोजिम उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना गर्नुको विकल्प छैन । समय र जनताको माग यही नै छ,” अध्यक्ष राणाले राप्रपाद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहद जनप्रदर्शनलाई सम्बोधन गर्दै भने ।   स्थिरता र स्थायित्व दिन्छौं भनेर डिङ हाँक्ने साम्यवादी सरकारले जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको भन्दै नेकपा सरकारको राणाले आलोचना गरे । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै राप्रपाले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गरेको हो । राप्रपाले राजसंस्थालगायत सबै अट्ने गोलमेच सम्मेलन, कोरोना महामारीको सबल व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगारीलगायतका माग अघि सारेको छ ।बाह्रखरी  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *