सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा १० जना नक्कली परीक्षार्थी  पक्राउ


  • सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा १० जना नक्कली परीक्षार्थी  पक्राउ
  • काठमाण्डौं । सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको खुला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परीक्षार्थी  पक्राउ परेका छन् । शनिबारको परीक्षामा विभिन्न जिल्लामा नक्कली परीक्षार्थी पक्राउ परेका  हुन् । साधारण समूहको उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेट्रिक डिभाइस’ प्रयोग गरी परीक्षार्थीहरूको यकिन गर्ने क्रममा नेपालभरका विभिन्न परीक्षा केन्द्रहरूबाट १० जना नक्कली परीक्षार्थी फेला पारेका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *