चन्द्रागिरीमा आन्तरिक पर्यटकको वढ्दै, कम्पनीले २४ गतेबाट आईपीओ खोल्ने


  • चन्द्रागिरीमा आन्तरिक पर्यटकको वढ्दै, कम्पनीले २४ गतेबाट आईपीओ खोल्ने
  • काठमाडौं । काेराेना भाइरसका कारण थलिएका नेपालका पर्यटकीय क्षेत्रहरु विस्तारै चलमल गर्दै छन ।सरकारले पछिल्लो समय लगाएका केही प्रतिबन्धहरु खुला गरे सँगै पर्यटन क्षेत्रमा चहलपहल सुरु हुन थालेको छ।यस्तै राजधानी काठमाडौमा रहेको चर्चित पर्यटकिय नयाँ गन्तव्य चन्द्रागिरीमा रहेको केबलकार पनि विस्तारै चहलपहल बढ्दै छ ।     धार्मिक र ऐतिहासिक दुई कुरा जोडिएको काठमाडौंको चन्द्रागिरि डाँडोमा केबलकार चढेर उक्लने आन्तरिक पर्यटककाे संख्या बढन थालेको छ ।अघिल्लो साता बाट पर्यटकाे आगमनमा केही सुधार आएको व्यवस्थापन पक्षले जनाएको छ ।     गएको शनिबार दुई हजार पाँच सय ८९ जना पर्यटकले केबलकार चढेको र चन्द्रागिरी रिसोर्टका ८० ओटा काेठा बुक भएका थिए । अरु सामान्य अवस्थामा दैनिक पाँच हजार देखि ८ हजार सम्मले उक्त क्षेत्रमा भ्रमण गर्दै आएपनि काेराेना भाइरसका कारणले पर्यटन आगमनमा शुन्यता छाएको थियो ।     विगतको अवस्थामा केही सुधार हुने आशा पलाएको केबलकार सञ्चालक कम्पनी चन्द्रागिरि हिल्स लि.का महाप्रबन्धक अभिषेक विक्रम शाह बताउछन् । अहिले सार्वजनिक विदाका दिन दुई हजार देखि पच्चीस सय सम्म पर्यटक आउन थालेका छन,विगतको तुलनामा याे संख्या कम भएपनि लकडाउन पछिकाे आशा लाग्दाे हाे शाह भन्छन् ।     लकडाउनकाे बिचमा कम्पनीले केबुलकार चढेको भाडादर प्रतिव्यक्ति पाँच सय बनाएको थियो ।याे बिचमा पनि छिटफुट रुपमा धेरैले केबुलकार दर्शन गरेका थिए ।तर पछिल्लो समय पर्यटन आगमनमा सुधारकाे संकेत सँगै कम्पनीले पुरानै भाडादर कायम गरेको छ ।गएको जनावरी एक तारिख बाट प्रतिव्यक्ति सात सय रुपैया पुरानै भाडादर कायम गरेको हाे ।     हिल्सले आईपीओ जारी गर्दै   यस्तै चन्द्रागिरी हिल्स लिमिटेडले आउँदो २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ जारी गर्न लागेको हो ।     कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेको छ ।     सर्वसाधारणले बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । पुस आईपीओका लागि पुस २८ गतेदेखि माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *