भारतीय प्रहरीले गोली चलाउदा १६ वर्षिय नरेश घाइते


  • भारतीय प्रहरीले गोली चलाउदा १६ वर्षिय नरेश घाइते
  • धनगढी । सीमावर्ती बजारबाट घरायसी सामान ल्याएर फर्किरहेका दोधारा–चाँदनी नगरपालिका– १ चाँदनीका १६ वर्षीय नरेश लुहारमाथि भारतीय सुरक्षाकर्मीले सोमबार साँझ गोली प्रहार गरेका छन् । खुुट्टामा गोली लागेर घाइते भएका उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । नरेशको दायाँ खुट्टामा गोलीको छर्रा लागेको छ । भारतीय बजार गडिगोठबाट फर्किने क्रममा जंगल क्षेत्रमा आफूलाई गोली हानिएको उनले बताए । सीमापारि जंगलको बाटोमा काटेर फालिएको रूखका विषयमा सोधपुछ गर्ने भन्दै भारतीय सुरक्षाकर्मीको टोलीले उनलाई रोकेको थियो । घरका लागि चामल, दाल, चिनी, टमाटर किनेर फर्कंदै थियौँ । सँगै गएको साथी मभन्दा अगाडि थियो । जंगलमा रूख काटेर बाटोमा फालिएको रहेछ, भारतीय सुरक्षाकर्मीले मलाई रोकेर त्यही विषयमा केरकार गर्न थाले । त्यसक्रममा उनीहरूले डण्डाले हानेर मलाई लडाए । म उठेर भागेँ,’ अस्पतालमा उपचाररत नरेशले  भने, ‘केही पर पुगेपछि पटका पड्केको जस्तो आवाज आयो, मेरो खुट्टामा गोली लागेको रहेछ ।’ अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनी गाउँमै ट्र्याक्टर चलाउँछन् ।स्रोत नयाँ पत्रिका राष्ट्रिय दैनिक

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *