साेलार सट हुदा विद्यालयमा आगलागी , २५ लाख बराबरको क्षति


  • साेलार सट हुदा विद्यालयमा आगलागी , २५ लाख बराबरको क्षति

    रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न १२ स्थित जनकल्याण माध्यमिक विद्यालयमा भिषण आगलागी भएको छ ।बुधबार साँझ एकासी साेलारकाे ब्याट्री बिष्फाेट हुदा आगलागी भएको प्रारम्भिक जानकारी आएको छ । विद्यालयमा २४०० वाटको सोलार राखिएको थियोे । उक्त साेलार सट हुदा बिद्यालयमा आगलागी हुदा कागजातहरु जलेर नष्ट भएका छन । घटना स्थलमा प्रहरी चाैकि सर्केना बाट खटेकाेे प्रहरी र स्थानीयकाे सहयोगमा आगाे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चाैरजहारीका प्रहरी निरिक्षक कृष्ण डाँगीले जानकारी दिए । घटनाको क्षति आउन बाँकी छ ।अनुमानित २५ लाख सम्मको क्षति भएको स्थानीयले बताएका छन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *