भारतमा निर्मित औंठीले गिनिज बुकमा विश्‍व कीर्तिमान राख्यो


  • भारतमा निर्मित औंठीले गिनिज बुकमा विश्‍व कीर्तिमान राख्यो

    सीएनएन । एउटा औंठीमा कतिवटासम्म हीरा जडान गर्न सकिन्छ होला ? यसको जवाफ गिनिज बुकमा नयाँ विश्‍व कीर्तिमान (रेकर्ड) राखेको भारतमा निर्मित औंठीले दिएको छ, जसमा १२ हजार ६३८ हीरा जडान गरिएको छ । भारतको मिरुतस्थित रेनानी ज्वैलर्सका संस्थापक हर्षित वंशलले यसको अति आकर्षक डिजाइन सार्वजानिक गरेका हुन् ।   सयपत्री फूलमा आधारित भएकाले यो औंठीको नाम, ‘मेरी गोल्ड’ राखिएको छ र यसलाई समृद्धिको औँठी पनि भनिएको छ । यसमा ३८.०८ क्यारेट प्राकृतिक हीरा जडान गरिएको गिनिजले जनाएको छ । यसको तौलचाहिँ १६५ ग्रामभन्दा केही धेरै छ ।   यसअघि सात हजार हीरा जडित औंठीले गिनिज रेकर्ड राखेको थियो जुन भारतमै निर्माण भएको थियो । वंशलले गिनिजलाई बताएअनुसार पहिलोपटक २०१८ मा गरगहनाको डिजाइनबारे अध्ययन गर्दै गर्दा उनी सो रेकर्ड तोड्न प्रेरित भएका थिए र त्यसको दुई वर्षपछि नै उनको कम्पनीले यो नयाँ औंठी तयार गरी विश्‍व रेकर्ड राख्‍न सफल भएको हो । बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *