जबर्जस्ती करणी आराेपका फरार व्यक्ति रुकुम पश्चिम बाट पक्राउ


  • जबर्जस्ती करणी आराेपका फरार व्यक्ति रुकुम पश्चिम बाट पक्राउ

    रुकुमपुर्व। एक महिलालाई जबर्जस्ती करणी गरेको आराेपमा अदालत बाट पक्राउ पुर्जी जारी भै फरार रहेका एक व्यक्ति रुकुम पश्चिम बाट पक्राउ परेका छन । पक्राउ पर्नेमा रुकुम पुर्व सिस्ने गाउँ पालिका १ का ३६ बर्षका कर्ण बहादुर बुढा रहेका छन ।उनलेे गएको ६ सात महिना अगाडि एक महिलालाई जबर्जस्तीकरणी गरेको आराेपमा मुद्दा दर्ता भएको थियोे ।   अदालत बाट पक्राउ पुर्जी जारी भएपछि निज रुकुम पश्चिम तिर राजनीतिक संरक्षणमा खुलेयाम हिड्ने गरेको स्रोतले बतायो ।निजलाई रुकुम पुर्व प्रहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी निरिक्षक कपिल शाहीको नेतृत्वको टाेलीले पक्राउ गरेको हाे ।   मंगलबार राति ८ बजेकाे समयमा मुसिकाेट नगरपालिका १ मठ बाट प्रहरी निरिक्षक शाहीको टाेलीले पक्राउ गरेको हाे ।उनी नेकपा माधव प्रचण्ड समुहका कार्यकर्ता भएका कारणले राजनीतिक संरक्षणमा रहदै आएको बुझिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *