विप्लवका काठमाडौं जिल्ला इन्चार्ज भिमसेन पक्राउ


  • विप्लवका काठमाडौं जिल्ला इन्चार्ज भिमसेन पक्राउ
  • काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को काठमाडौं जिल्ला इन्चार्ज भिमसेन घिमिरे (विपिन) पक्राउ परेका छन्।   घिमिरेलाई विशेष ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । ब्यूरो स्रोतले भन्यो, ‘घिमिरेलाई हामीले पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं परिसर पठाएका छौं।’   लामो अनुसन्धानपछि बुधबार ब्यूरोको टोलीले घिमिरेलाई पक्राउ गरेको थियो। घिमिरेको पक्राउ भने प्रहरीले अहिलेसम्म गोप्य राखेको छ। स्रोतका अनुसार उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंबाट चन्दा ऐन २०३० अन्तर्गतको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ।हाम्राखवर

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *