थप ५५४ संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार नाघ्यो


  • थप ५५४ संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार नाघ्यो

    काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल नेपालमा ५ हजार २१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।   गत २४ घण्टामा ५ हजार २ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको हो ।   २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ३८ जना क्वारेन्टाइनमा छन्।   गत २४ घण्टामा ५८५ जना उपचारपछि डिस्चार्ज भएका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *