बर्दियाली जनताको खुट्टामा काँडा बिज्दा मलाई दुख्छ : राज्यमन्त्री विमला


  • बर्दियाली जनताको खुट्टामा काँडा बिज्दा मलाई दुख्छ : राज्यमन्त्री विमला

    राम सापकोटा, वर्दिया । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले आज एक कार्यक्रमका विच ठाकुरबाबा नगरपालिका-६ बकुवा स्थित जन ज्योती माबिको ४ कोठे नयाँ भवनको उदघाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा वोल्दै मन्त्री विकले ठाकुरबाबा न.पा. विकाशको लागि काम गर्ने सवै व्यक्ति तथा निकायहरुलाई धन्यवाद दिनुभयो । उहाँले वर्दियाको विकाशको लागी आफ्नो मन्त्रालय बाट मात्र नभई सिंहदरबार भित्र र बाहिर भएका सम्पूर्ण कार्यालय लाई अनुरोध गरेर भए पनि विकासकाे लागि सधैं लागि पर्ने जानकारी दिनुभयो । त्यस्तै राज्यमन्त्री विकलाई भुरिगाऊ नारी एकता मन्च, जन ज्योती माबि र नेकपाको नेताहरुले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा वोल्दै बर्दियाली जनताको खुट्टामा काँडा विज्दा आफुलाई दुख्ने बताउनुभयो । देशको राजनीति ले जस्तो मोड लिए पनि देश विकाशमा कुनै असर नपर्ने जानकारी समेत दिनुभयो । कार्यक्रममा नगरपालिकाका प्रशासकिय प्रमुख रामहरी शर्मा , प्र.अ. सुरेन्द्र चौधरी स्थानीय युवा नेताहरु दिपक थापा, बालकृष्ण आचार्य, बिधालय ब्यबस्थापनका अध्यक्ष प्रसान्त रसाइलि , भीम थापा र मदन थापा लगायतको उपस्थिति रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *