राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने तयारी


  • राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने तयारी

    अमेरिकामा डेमोक्र्याटहरूले बुधवार अमेरिकी क्यापिटल भवनमा भएको घटनामा राष्ट्रपति डोनल्ड ट्रम्पको भूमिकाका कारण महाभियोग लगाउने योजना गरेका छन्।सभामुख न्यान्सी पेलोसीले यदि ट्रम्पले तत्काल पदबाट राजीनामा नदिए महाभियोगको प्रक्रिया अगाडि बढाउने बताएकी हुन्।डेमोक्र्याटहरूले संसद्‌मा सोमवार “राज्यद्रोह प्रोत्साहन” अभियोग पेश गर्दैछन्।पाँच जनाको ज्यान जाने गरी संसद्‌मा भएको दङ्गालाई प्रोत्साहन गरेको आरोप उनीहरूले ट्रम्पमाथि लगाएका छन्।   राष्ट्रपति निर्वाचित जो बाइडनले महाभियोगबारे संसद्ले निर्णय गर्ने बताएका छन्। बाइडनले ” लामो समयदेखि आफूलाई ट्रम्प राष्ट्रपति पदका लागि योग्य नभएको” लागेको बताएका छन्।ह्वाइट हाउसले भने महाभियोगको विषयलाई “राजनीतिक स्वार्थ”को कदम भन्दै त्यसले “महान देशलाई थप विभाजित गर्ने” बताएको छ।   तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका करिब १६० सदस्यहरूले उक्त विधेयकमा हस्ताक्षर गरेका छन्। बुधवार क्यापिटलमा भाँडभैलो भइरहँदा उक्त विधेयक क्यालिफोर्निया राज्यका सांसद् टेड लिउ र रोड आइल्यान्डका डेभिड सिसिलीनले मस्यौदा गरेका थिए।   यदि महाभियोग प्रक्रिया अगाडि बढ्यो भने त्यो राष्ट्रपति ट्रम्प विरुद्धको दोस्रो महाभियोग प्रयत्न हुनेछ।डिसेम्बर २०१९ मा तल्लो सदनले ट्रम्पलाई अन्य अभियोगहरूमा महाभियोग लगाउने प्रस्ताव पारित गरेको थियो तर सिनेटले फेब्रुअरी २०२०मा उनलाई सफाइ दिएको थियो।कुनै पनि अमेरिकी राष्ट्रपतिलाई अहिलेसम्म दुईपटक महाभियोग लागेको छैन।रिपब्लिकनहरूको सिनेटमा बहुमत भएका कारण महाभियोग पारित नहुन सक्छ।   एकजना मध्यमार्गी रिपब्लिकन सिनेटर लिसा मुर्कोस्किले आलस्काको एउटा अखबाररलाई ट्रम्प ‘अब बाहरिनुपर्ने’ बताएकी थिइन्। र नेब्रास्काका अर्का सिनेटर बेन सासेले महाभियोग ‘निश्तित रूपमा मनन गर्ने’ बताएका छन्।   तर ट्रम्पको पार्टीका अरू सदस्यले पनि महाभियोगको समर्थन गर्छन् भन्ने सङ्केत मिलेको छैन।ट्रम्प राष्ट्रपति पदबाट बाहिरिन धेरै समय छैन।संवैधानिक ज्ञाताहरू राष्ट्रपति पदबाट बाहिरिएपछि पनि महाभियोग प्रक्रिया जारी रहनसक्ने भन्नेबारे विभाजित छन्।यदि ट्रम्पमाथि महाभियोग लाग्यो भने उनी भविष्यमा कुनै पनि सार्वजनिक पदमा बस्न अयोग्य ठहरिने छन्।स्रोत बिबिसी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *