एक बर्ष भित्र सबै सुकुम्बासिहरु आफ्नै जग्गाको मालिक हुन्छन : राज्यमन्त्री विक


  • एक बर्ष भित्र सबै सुकुम्बासिहरु आफ्नै जग्गाको मालिक हुन्छन : राज्यमन्त्री विक
  • वर्दिया । नेपाल भूमिहीन सुकुम्बासी संगठन बर्दिया जिल्ला कमिटीले बारबर्दिया न. पा. - ६ जयनगरमा आइतबार एक कार्यक्रमको आयोजनागरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री विमला विकलाइ वधाई तथा सम्मान गरेका छन । सम्मान कार्यक्रममा मन्त्री विकले "एक बर्स भित्र सबै सुकुम्बासिहरु आफ्नै जग्गाको मालिक हुनेमा ढुक्क रहन विश्वस्त पार्नुभयो ।" कतिपयले सुकुम्बासीलाई जग्गा बाडेर सकिन्छ भन्दै बोलिरहेको वताउदै सरकार रहे पनी नरहेपनी सबै सुकुम्बासीहरुले जग्गा पाउनुहुनेछ सबै जग्गा धनी हुनुहुनेछ । सरकार त्यही काममा लागेको समेत बताउनुभयो । स्थानिय प्रतिनिधिहरु सरकारको मानो खाएर सरकारी निबासमा बसेर आजका दिनमा सरकारकै विरुद्धमा लाग्नु जस्तो लाजमर्दो कुरा अरु के हुन सक्छ भन्दै राजनितिमा इमान्दारिता हुनुपर्ने बताउनुभयो । बारवर्दियावासीहरुले मन्त्री विकलाई सम्मान गर्दै वर्दियामा उद्योगहरु स्थापना गर्नेमा जोड दिन र विकाशलागी पहल गरिदिनुपर्ने वताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *