चितवनमा भाले बाघ मृतावस्थामा फेला


  • चितवनमा भाले बाघ मृतावस्थामा फेला

    चितवन । चितवन कालिका नगरपालिका-१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो ।   उनका अनुसार मृतावस्थाको बाघलाई  चितवन वन कार्यालय ल्याइएको छ । बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ । बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षित रहेको जनाइएको छ । फाइल तस्वीर ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *