लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरमा तीन जना पक्राउ


  • लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरमा तीन जना पक्राउ

    कञ्चनपुर । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धानबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ बाट एक र बेदकोट नगरपालिका–९ बाट दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।   बैतडी दशरथ नगरपालिका–४ घर भई हाल भीमदत्त नगरपालिका– १८ का २५ वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए । पक्राउ परेका दमाईको साथबाट १४ ग्राम ४२० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।   यसैगरी बेदकोट नगरपालिका–९ का ३० वर्षीय भीमबहादुर विष्ट र २७ वर्षीय हिक्मत विष्टलाई लालपुरबाट तीन ग्राम २४० मिलीग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *