नेकपा प्रचण्ड-नेपाल समुहको स्थायी समिति बैठक सुरु, आन्दोलनका कार्यक्रमबारे छलफल


  • नेकपा प्रचण्ड-नेपाल समुहको स्थायी समिति बैठक सुरु, आन्दोलनका कार्यक्रमबारे छलफल
  • काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ । बैठक बिहान साढे ११ बजेदेखि सुरु भएको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए ।   बैठकमा संसद विघटनविरुद्व घोषणा भएका आन्दोलनका कार्यक्रमबारे छलफल चलिरहेको उनले जानकारी दिए । उनका अनुसार बैठकमा माधव नेपाल नेतृत्वको कार्यदलको बारेमा पनि छलफल चलिरहेको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेपछि प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेका थियो । यसअघि नेकपाले माघ २३ सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।   स्थायी समिति बैठकमा घोषित कार्यक्रमलाई थप प्रभावकारी र शसक्त कसरी बनाउने भन्ने विषयमा छलफल चलिरहेको शाहले जानकारी दिए । उनका अनुसार बिहिबारदेखि सुरु बैठक आज (शुक्रबार) नै सक्ने गरि तयारी पनि भईरहेको छ ।   बैठकमा नेकपाका २८ स्थायी समिति सदस्य छन् । एकिकृत अवस्थामा रहँदा नेकपाको स्थायी समिति ४५ सदस्यीय थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *