डोल्पामा हतियार सहित पाँच जना पक्राउ


  • डोल्पामा हतियार सहित पाँच जना पक्राउ

    डोल्पा । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी–११ स्थित मुह ईलाकाबाट नेपाली सेनाको टोलीले ५ जनालाई पक्राउ गरेको छ ।   अवैध जिवजन्तु तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीसमेतको सहयोगमा पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–११ मुह बस्ने मन बहादुर बुढा, चन्द्र प्रसाद बुढा, वडा नम्बर ७, पहाडा बस्ने सुर्य बहादुर बुढा, चन्द्र केसी र गोकर्ण बुढा रहेका छन् ।   निजहरुको घरबाट २ नाल भरुवा बन्दुक, बारुद, बन्यजन्तु शिकारीमा प्रयोग हुने उपकरण, २ वटा चौरी गाईको सिङ्ग, शंकास्पद कस्तुरीको दाँत लगायत बरामद भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको जनाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *