सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन, फलोअर्स र सिपाहीको पेन्सन १६ वर्षमा


  • सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन, फलोअर्स र सिपाहीको पेन्सन १६ वर्षमा
  • काठमाडौं । नेपाली सेनाको सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन भएको छ । सेनाको संशोधित नियमावलीका अनुसार नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने व्यवस्था गरिएको छ ।   सेनाले राखेको यो प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै कानुन मन्त्रालयलाई पत्राचार गरेको छ । सैनिक स्रोतका अनुसार नयाँ नियमावलीअनुसार अब २०६० साल वैशाख २८ गते र सोभन्दा पछि सेनामा भर्ना भएका सिपाही र फलोअर्सले १६ वर्षमा नै पेन्सन पाउनेछन् । नेपाली सेनाका सिपाइहरुले बिगत १७ वर्षदेखि पेन्सनको अवधि घटाउनुपर्ने माग राख्दै आएका थिए । यो संसोधनसँगै नेपाली सेनामा कार्यरत तल्लो तहमा कार्यरत सिपाहीलाई राहत पुगेको छ । यसैगरी, सहायक सेनानी र सोभन्दामाथि महारथीको पेन्सन २० वर्षमा हुनेछ । सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *