नेपाली सेनाले स्वर्गद्धारीमा वनायो ‘स्वर्ग’ बाटिका


  • नेपाली सेनाले स्वर्गद्धारीमा वनायो ‘स्वर्ग’ बाटिका
  • प्युठान । नेपाली सेनाले प्युठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्धारी मन्दिर परिसरमा सुबिधा सम्पन्न पानीको फोहरा सहितको ‘स्वर्ग’ बाटिका बनाएको छ। नेपाली सेनाको ईन्द्रध्वज गणले स्वर्गद्धारी नगरपालिका – २ मा बाटिका बनाएर मन्दिर ब्यबस्थापन समितीलाई हस्तान्तरण गरेको हो।   नेपाली सेनाको सामाजिक आर्थिक पुर्वाधार निर्माण कार्यक्रम अन्तर्गत २५ लाख लगानीमा म्युजिकल वाटर फाउन्टेन बनेको इन्द्रध्वज गण प्युठानका गणपति अर्जुन बिक्रम थापाले जानकारी दिए । यसले स्वर्गद्धारीको पर्यटकीय विकासमा टेवा पुग्ने छ । मन्दिर आउजाउ गर्दा दर्शनार्थीहरुले यस्लाई मनोरञ्जन तथा विश्रामस्थलको रुपमा उपयोग गर्न सक्ने थापाको भनाई छ। वाटर फाउन्टेनको बुधबार नेपाली सेनाका सहायकरथी, श्री १९ नम्बर बाहिनीपति मदन कुमार केसीले उद्घाटन गरे ।   सो अबसरमा बोल्दै उनलेे यस्ता कार्यक्रमले नागरिक–सैनिक सम्बन्ध निर्माणमा विशेष महत्व राख्ने बिश्वास ब्याक्त गरे।करिब ३५ रोपनी क्षेत्रफल जग्गामा फैलिएको उक्त फाउन्टेन डिभिजन बन कार्यालय संगको सहकार्यमा पानीको फोहरा,मुल गेट, पैदल मार्ग,रेलिङ,तारबार लगायतका संरचना निर्माण गरिएको नेपाली सेनाले जनाएको हो । संरचनाको रेखदेख पनि नेपाली सेनाले गर्ने छ । उक्त संरचनाले स्वर्गद्वारी मन्दिरमा थप पर्यटकिय आकर्षण बढाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *