निर्वाचन आयोगले नेकपाका दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने


  • निर्वाचन आयोगले नेकपाका दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने
  • काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।’ प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो भने ओली समूहले केन्द्रीय सदस्य थप गरेर आयोगलाई वुझाएका थिए ।    

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *