मेस्सी विना बार्सिलोनाको अर्को विजयी


  • मेस्सी विना बार्सिलोनाको अर्को विजयी

    एजेन्सी । सुपर स्टार लिओनल मेस्सी विना बार्सिलोनाले स्पेनिस ला लिगामा जित हासिल गरेको छ । बार्सिलोनाले आइतबारको खेलमा इल्चेलाई २–० ले पराजित गरेको थियो । अवे खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुगइले गोल गरे । खेलको ३९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा पुगइले गोल थपे । मेस्सी प्रतिबन्धका कारण आइतबारको खेलमा थिएनन् । स्पेनिस सुपर कपको फाइनलका दौरान मेस्सीले रातो कार्डको सामना गरेका थिए । एथलेटिको बिल्बाओविरुद्धको खेलमा मेस्सीले विपक्षी खेलाडीलाई हातले अनुहारमा हानेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएका थिए । त्यो घटनापछि उनले दुई खेलको प्रतिबन्ध भोगेका थिए । अब उनको प्रतिबन्ध सकिएको छ । यसअघि उनले कोपा डेल रेको गुमाएका थिए । आइतबार जित पछि बार्सिलोनाको ३७ अंक पुगेको छ । अघिल्लो दिन जित निकालेको रिय म्याड्रिडको ४० अंक छ । रियल र बार्सिलोनाले समान १९ खेल खेलेका छन् । १७ खेल खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ४४ अंक छ । हाम्रो खेलकुदवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *