प्रहरीका १६ डिएसपी एसपीमा बढुवा सिफारिस


  • प्रहरीका १६  डिएसपी एसपीमा बढुवा सिफारिस
  • काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १६ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले सोमबार बढुवा सिफारिस गरेको हो । एसपी वढुवामा भुवनेश्वर तिवारी पहिलो र ऋषिराम कँडेल दोस्रो नम्बरमा सिफारिस भएका छन् । त्यस्तै, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा पनि बढुवामा परेका छन् । वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्र बहादुर शाही र राजेन्द्रबाबु रेग्मी बढुवा सिफारिसमा परेका छन् ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *