सावित्राको ह्याट्रिक संगै राष्ट्रिय महिला लिगमा एपिएफको चौथो जित


  • सावित्राको ह्याट्रिक संगै राष्ट्रिय महिला लिगमा एपिएफको चौथो जित

    काठमाडौं । गोल मेसिन सावित्रा भण्डारी ‘साम्वा’ को ह्याट्रिक सहयोगमा नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा लगातार चौथो जित दर्ता गर्दा विभागीय नेपाल पुलिस क्लबमाथि सहज जित हात पारेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसमाथि ३–० को सहज जित निकालेको हो । खेलको पाँचौ मिनेटमा कप्तान अनिता बस्नेतले गोलरक्षक अघि बढेको अवस्थामा गरेको प्रहार पोस्टमाथिबाट थोरै आकासिदा एपिएफ अग्रता लिनबाट चुक्यो । १५औं मिनेटमा सावित्रा भन्डरीको पेनाल्टी बक्स बाहिररको सशक्त प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ३०औं मिनेटमा निरु थापाको प्रहार निकै फितलो बन्दा पुलिसले अग्रता लिन सकेन । ३२औं मिनेटमा सावित्रा भण्डारी ‘साम्वा’ को गोलमा एपिएफले खेलमा १–० को अग्रता लिन सफल भयो । अनिता केसीको पासमा सावित्राले डिफेन्डर मनी गुरुङ र गोलरक्षक सपना राईलाई बिट गर्दै गोल गर्न सफल भएकी थिइन् । ५२औं मिनेटमा सावित्राको प्रहारलाई गोलरक्षक सपना राईले बचाइन् । ५६औं मिनेटमा सावित्राले सरु लिम्बुको पासमा गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउदै तीन डिफेन्डरलाई दिएको छलाउदै सरुलाई दिएको पासमा सावित्राले पेनाल्टी बक्सबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक सपना राईले रोक्ने कुनै मौका नै पाइनन् । ८४औं मिनेटमा सावित्राले अनिता केसीको पासमा ह्याट्रिक पुरा गर्दै एपिएफलाई ३–० ले अघि बढाइन् । जारी लिगमा उनको यो तेस्रो ह्याट्रिक हो । उनले यसअघि चन्द्रपुर र विराटनगरविरु४ ह्याट्रिक पुरा गरेकी थिइन् । यो गोलसँगै सावित्राले लिगमा आफ्नो गोलसङ्ख्या १० पु¥याएको छ । उनी सर्वाधिक गोलकर्ताको अग्रस्थानमा रहेकी छन् । सावित्रा नै खेलको प्लेयर अफ दि म्याच घोषित भइन् । उनले ५ हजार प्राप्त गरिन् । यस जितसँगै अपराजित रहेको एपिएफको ४ खेलबाट १२ अंक पुगेको छ । एपिएफले दोस्रो स्थानको पुलिस र तेस्रो स्थानको वालिङ नगरपालिकालाई ७ अंकले पछि पारेको छ । पुलिस र वालिङको समान ५ अंक छ । बिहीबारै वालिङ नगरपालिका स्याङ्जाले चौदन्डीगढी नगरपालिका उदयपुरमाथि १०–० को फराकिलो जित निकालेको थियो । वालिङको जितमा क्यामरुनी मेथो एलुड रुथले दोहोरो ह्याट्रिक पुरा गर्दा सम्झना शर्माले दुई तथा टोेउटा नोउल्ली र मनमाया दमाईले समान एक गोल गरेकी थिइन् । लिगमा शुक्रबार चन्द्रपुर नगरपालिका रौतहट र त्रिभुवन आर्मी फुटबल क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।                 हाम्रो खेलकुदवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *