खनिज पदार्थको खोजी र उत्खनन देश समृद्धिको पहिलो खुड्किलो हो : राज्यमन्त्री बिक


  • खनिज पदार्थको खोजी र उत्खनन देश समृद्धिको पहिलो खुड्किलो हो : राज्यमन्त्री बिक
  • काठमाडौं । नेपालका विभिन्न स्थानहरुमा प्रयाप्त मात्रामा खनिज पदार्थ भेट्टिएको लामो समय भएतापनी प्रयाप्त स्रोत साधनको अभावमा राज्यले लाभ लिन नसकिरहेको अवस्थामा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले खानिज पदार्थको खोजी र उत्खनन देश समृद्धिको पहिलो खुड्किलो भएकोले देशका विभिन्न स्थानमा भएका खनिजपदार्थ हरूलाई उत्खनन र नयाँ स्थानमा खोज गरेर स्वदेशमा रोजगारको अवस्था सृजना गर्न र देशलाई आर्थिक समृद्धितर्फ लैजान खानी तथा भूगर्भ विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभयो । वुधवार लैनचौर स्थित खानी तथा भूगर्भ विभागको अनुगमन गर्दै मन्त्री विकले नेपालका धेरै ठाउहरुमा खनिज पदार्थहरुको खानि भएकोले खानिको खोजतलास र उत्खननका लागि तत्काल आवश्यक कदम चाल्न ‌खानि भुगर्भ बिभागका डिजि राम प्रसाद घिमिरे विभागका सह सचिब, उप सचिब हरूलाई निर्देशन दिनुभयो । अनुगमनकै क्रममा मन्त्री विकले दैलेखमा भेटियको पेट्रोल खानिलाई उत्खननका लागी तत्काल काम अगाडि बढाउन विभागलाई निर्देशन दिदै उत्खनन गर्न आबश्यक सम्पुर्ण सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । साथै नवलपरासी स्थित धौबादि फलाम खानिको अबस्था र त्यहाँको बस्तुगत बिषयमा छलफल गर्नुका साथै व्यापक चासो समेत लिनुभएको माननीय राज्यमन्त्री विकको स्वकिय सचिब राजकुमार महताराले जानकारी दिनुभयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *