प्रचण्ड–नेपाल समूह र ओली समूहबीच सिन्धुलीमा झडप


  • प्रचण्ड–नेपाल समूह र ओली समूहबीच सिन्धुलीमा झडप
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूह र ओली समूहबीच सिन्धुलीमा झडप भएको छ । प्रचण्ड- नेपला समूहले बिहीबार आह्वान गरेको बन्दमा सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित शान्तिनगरचोकमा दुई समूहबीच झडप भएको हो । प्रधानमन्त्री केपी ओली समूहका केन्द्रीय सदस्य शान्तिमान कार्कीलगायतले बन्दको उल्लंघन गरेको भन्दै प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको हो । ओली समूहका नेता कार्यकर्ता मोटरसाइकलमा कमलामाई नगरपालिका ६, २ नम्बर बजारदेखि ढुङ्गेबास जाँदै गर्दा प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज कमलजंग राईलगायतका नेता कार्यकर्ताबीच शान्निगरमा झडप भएको हो । तर, नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष राजन दाहालले झडप नभएको बरु बन्दको अबज्ञा गर्नेहरुलाई संझाई बुझाई गरिएको बताए । उता झडपमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही गर्न ओली समूहले माग गरेको छ । बन्दका कारण सिन्धुली बजार, विपी राजमार्ग, मदन भण्डारी लोकमार्ग, मध्यपहाडी लोकमार्ग पूर्णरुपमा ठप्प छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *