सल्यान कारागारमा रहेका १२२ कैदीबन्दीले लगाए कोभिड-१९ विरुद्धको खोप



  • सल्यान । जिल्ला कारागार सल्यानमा रहेका १२२ कैदीबन्दीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा कर्यालयसँगको सहकार्यमा  सल्यान कारागारभित्र रहेका कैदी बन्दीहरुलाई शुक्रबार कोभिडविरुद्धको खोप लगाइएको हो । कारगारभित्र रहेका १५४ मध्ये १२२ जना कैदीबन्दीले कोरोना खोप लगाएका हुन् । जसमा १०३ पुरुष र १९ महिलाका साथै दुई कर्मचारीले पनि कोरोना खोप लगाएको जेलर बलबहादुर केसीले जानकारी दिए । कारागारभित्र रहेका कैदीबन्दीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढी हुने भएकाले खोप दिइएको उनले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *